काठमाडौं ।
हिन्दु नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज दरखाने दिन । विभिन्न मीठा मीठा परिकारका साथ दर खाइँदैछ । दुःख भुलाउन भोलीपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ ।
दर खने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । तर यो बर्ष तीजको दर खाने दिन भए पनि कोरोना भाइरसको विश्व महामारीका कारण खासै उल्लास छैन् ।
नेपालमा कोरोनाको संक्रमण दर भयावह बन्न लागेको र अधिकांश जिल्लामा लकडाउन जारी भएकाले दर खाने दिन सुनसान भएको हो । कोरोनले चेलीबेटीहरु माइती घर जान पाएका छैनन् । यो बर्ष आ–आफ्नो घरमा बसेर दर खाने कार्यक्रम रहेको छ ।
दर खाएको भोलीपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ ।
दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिलेका दिनमा हरितालिका दिनको् एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।
परपुर्वक कालमा देवी पार्वतीले शीवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र सोही उनको कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।
प्रतिक्रिया