काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । ६८१ जनामा संक्रमणको पुष्टि भएको छ । पर्सामा दुई जनाको मृत्यु भएको छ भने काठमाडौं, भक्तपुर, मकवानपुर र सुनसरीमा एकएक जनाको मत्यु भएको छ ।
कहाँ कति थपिए संक्रमित ?
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२२ नमुना परीक्षण गर्दा ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा मात्र १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंमा १३४ जना, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जना छन् ।
यस्तै पर्साका १०८ जना, मोरङका ६९, रुपन्देहीका ५२, धनुषाका २८, सुनसरीका २६, चितवनका २४, सर्लाहीका १९, बाँकेका १८, सल्यानका १७, झापाका १६, बाराका १५, सप्तरी र सुर्खेतका १३/१३ जना, महोत्तरी र नवलपुरका १२/१२ जना र जुम्लाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै महोत्तरीका ८, कपिलवस्तुका ६, कास्कीका ५, रौतहट, तनहुँ, दैलेख र डोटीका ४ जना, गोरखा, लजमुङ, दाङ, अछाम र कैलालीका ३र३ जना, प्युठान र बर्दियाका २/२ जना तथा ओखलढुंगा, पाँचथर, धादिङ, नवलपरासी, पाल्पा र डोल्पाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । उनीहरुमध्ये १७ हजार ७०० जना निको भइसकेका छन् । ११ हजार ११८ जना आइसोलेसनमा छन् ।
प्रतिक्रिया