१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रेस काउन्सिलको कावा अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं ।

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको छ ।

सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । सरकारले श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि प्रेस काउन्सिल बोर्ड ऐनविपरीत नियुक्त गरिएको भन्दै सर्वोच्च अदालत पुगेको थियो । 

बुधबार उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो ।

साउन ३१ गते काउन्सिल सदस्यमा नियुक्त गरिएकी भण्डारीलाई सोमबारको मन्त्रिपरिषद् बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त गरेको थियो । काउन्सिलको नियमावली संशोधन गर्दै सरकारले कार्यवाहक अध्यक्ष भण्डारीलाई नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  ५ : ४२ बजे