१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

प्रदेश २ का मन्त्री यादव संक्रमणमुक्त



जनकपुरधाम ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले कोरोनालाई जितेका छन्। कोरोना संक्रमित भएको १५ दिनपछि पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको हो। मन्त्री यादवमा गत साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमित भएको केहिदिन अघिमात्र उनी काठमाडौं पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापासँगै बैठक बसेका थिए।

जसका कारण प्रधानमन्त्री र गृहमन्त्रीको समेत पीसीआर परीक्षण गराएको थियो। कोरोनामुक्त भएका मन्त्री यादवले भोली (बिहीबार) देखि मन्त्रालयको टेबलवर्क सुरु गर्ने बताए।

यसो भन्छन् मन्त्री यादवM

म संक्रमित भएपनि लक्षण कुनै थिएन। काठमाडौंबाट आएपछि मन्त्रालयका केही कर्मचारीमा कोरोना पुष्टि भयो। त्यसपछि सबैले परीक्षण गराउन जरुरी छ भनेर मैले पनि गराएँ। मेरो रिपोर्ट पनि पोजेटिभ आयो। कोरोनाले समातेको थाहा पाएपछि होम आइसोलेसनमा बसेँ। आइसोलेसनमा ‘डब्लुएचओ’को मापदण्ड पालना गरेँ। स्वास्थ्यकर्मीले दिएको सल्लाहअनुसार अनुशासित भएर आइसोलेसनमा १५ दिन बिताएँ। साँझ, बिहान र दिउँसो पौष्टिक आहार खाएँ। तातो दुधमा बेसार मिलाएर पिउँथे।​साँझ र विहान करिब डेढरडेढ घण्टा व्यायाम पनि गरे। साथै तातो पानीको वाफ पनि लिन्थेँ। यसरी स्वास्थ्यकर्मीको सल्लाहअनुसार सबै काम गरेकाले मलाई कहिल्यै कमजोरी महसुस भएन। झन ताकत बढ्दै गएको महसुस भयो।

प्रकाशित मिति : ३ भाद्र २०७७ बुधबार ००:००  २ : १४ बजे