काठमाण्डौ ।
नेपालको झण्डा जलाउने र विभिन्न समुदायमाथि गालीगलौज गर्दै म्युजिक बनाउने ग्याल्जोम दोर्जे तामाङसहित नौ जना पक्राउ परेका छ्न् ।
विभिन्न जाति र समूहलाई गाली गरेर गीत बनाउनेरगाउने, झण्डा जलाउने र भिडिओमा मुख्य अभिनय गर्ने ग्याल्जोमसहित उनका समूहका नौ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध कानुनी कारवाहीको प्रक्रिया सुरु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मंगोल हप नामको यूट्युब च्यानलमार्फत भदौ एक गते एक म्युजिक भिडिओ अपलोड भएको थियो । भिडिओमा नेपालको झण्डा जलाउनुका साथै विभिन्न जाति तथा समुदायलाई तथानाम गाली गरिएको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।
प्रतिक्रिया