काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति सरकारले राष्ट्रिय सम्मान अर्पण गरेको छ । बुधबार बिहान घिमिरेको पार्थिक शरिरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
प्रतिक्रिया