भैरहवा ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मंंगलबारदेखि भीडभाड हुने खालका सम्पूर्ण क्रियाकलाप सञ्चालन गर्न नपाइने गरी रुपन्देही जिल्लाभर रोक लगाएको छ । मंगलबारदेखि लागू हुने गरी भदौ ७ गते राति १२ बजेसम्मका लागि यस किसिमका गतिविधि सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र रुपन्देहीको मंगलबारको निर्णयले जिल्लामा बढ्दो कोरोना संंक्रमणको अवस्थालाई मध्यनजर गर्दै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम भीडभाड हुने खालका विभिन्न गतिविधि सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी गरेको सूचनामा जनाइएको छ ।
कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण र थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पलना गर्ने र गराउनका लागि भीडभाड हुने किसिमका क्रियाकलाप सञ्चालनमा रोक लगाइएको सूचनामा जनाइएको छ ।
प्रतिक्रिया