मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
कार्यलयका अनुसार संक्रमित मध्य एक जना वाणगंगा नगरपालिका १ बैरियाका हुन भने अन्य १९ जना कपिलवस्तु नगरपालिका तौलिहवाका संक्रमित रहेका छन् ।
तौलिहवामा थपिएका संक्रमित मध्ये एक जना शिक्षक, चार जना बिद्यार्थी, चार गृहणी, एक जना प्रहरी, गौरी हेल्थ पौस्टका हेल्पर, किराना पसले एक जना छन । यस्तै सुसारे एक र उनकी छोरी, एम्बुलेन्स ड्राईभर, एक जना, मर्यादपुरमा कोल्ड स्टोर संचालन गरेका एक ब्यापारी, कस्मेिटक पसलका एक जना तथा नगरपालिकाको वडा नम्बर ३ का समुदायस्तरका २ जना छन । यस्तै बाणगंगा नगरपालिका– १ का गल्ला ब्यापारी समेत कोरोना संक्रमित भएका हुन ।
आज मंगलबार थपिएका सबै समुदायका रहेका छन् । यो संगै जिल्लामा संक्रमित संख्या ९६७ पुगेको छ भने कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ । जिल्लामा समुदायमै कोरोना देखिएपछि यहि भदौ ७ गते सम्म निषेधज्ञा जारी गरिएको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया