१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आजको मौसम पूर्वानुमान, राति यी स्थानमा भारी वर्षा



काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ ।

मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एकरदुई स्थानहरुमा वर्षा भइरहेको जारी दिएको छ ।

यसैगरी, दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७ मंगलबार ००:००  ८ : १७ बजे