१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गएराति बाँकेमा थप एकजना कोरोना संक्रमितको निधन



नेपालगन्ज ।
सोमबार राति बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ६२ बर्षीय पुरुषको मध्यराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका-५ का स्थानीय उनलाई गत भाद्र २० गते लक्षण सहितको ज्वरो आएपनि ३२ गते उनी मेडिकल कलेज भर्ना भएका थिए । सोमबार मध्यान्ह उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

सोमबार नै उनको छातीमा निमोनिया देखिएको र स्वास्थ्य स्थिती बिग्रंदै गएपछि मध्यराति मृत्यु भएको फोकल पर्शन श्रेष्ठले बताए ।

मंगलबार राति भएको मृत्युसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने नेपालमा मृत्यु हुनेको संख्या १०९ पुगेको छ । सोमबार साँझमात्र कोशी अस्पतालमा उपचारत एक जना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७७ मंगलबार ००:००  ६ : ४१ बजे