पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । नगरपालिकाको बैठकले मङ्गलबार राति १२ बजेदेखि भदौ १२ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरपालिकामा यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा तेस्रो देशबाट घर फर्किनेको सङ्ख्या थपिँद गएकाले कोरोना सङ्क्रमणको जोखिम बढेपछि नगरभित्र लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।
लकडाउन अवधिमा अत्यावश्यक सेवा- औषधि, तरकारी र दुग्धजन्य पसलह बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने जनाइएको छ ।
बैंक तथा वित्तीय संस्था पनि बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला हुनेछन् । यसैगरी एम्बुलेन्स बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।
रामपुर नगरभित्र एक सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएप उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया