१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु वाणगंगाबाट १ सय ८७ जनाको स्वाब लिइयो



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा कोरोना परिक्षणको दायरा बढाइएको छ । केही दिनयता नगरमा समुदायतहका नागरिकमा पनि कोरोना देखिन थालेपछि पिसीआर परिक्षण बढाइएको हो ।

सोमबार नगरभित्रका १ सय ८७ जनाको स्वाब संकलन गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । जसमा ६५ जना स्वास्थ्यकर्मी रहेका छन् भने अरु कोरोना संक्रमितको सम्पर्कमा आएका नागरिक रहेका छन् ।

आइतबार मात्र वाणगंगाबाट ९९ सय जनाको स्वाब संकलन गरिएको थियो । कपिलवस्तु उद्योग वाणिज्य संघको सहयोगले नगरपालिकाले स्वाब संकलन गरेको हो ।

सोमबार लिइएको स्वाब परिक्षणका बुटवल पठाइएको नगर स्वास्थ्य प्रमुख पौडेलले बताउनुभयो । केही दिनमै सबैको रिपोर्ट आइपुग्ने उहाँले बताउनुभयो ।

यो रिपोर्ट आए पनि नगरपालिका भित्र कोरोना संक्रमणको स्थिति कस्तो छ भन्ने देखिएको अपेक्षा छ । यसभन्दा अगाडी बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी, जनप्रतिनिधि, नगरका कर्मचारी र कोरोना जोखिममा रहेका नागरिकको स्वाब लिइएपनि सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

सोमबार साँझसम्म वाणगंगामा कोरोनाका सक्रिय विरामी तीन जना रहेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७ सोमबार ००:००  ६ : २४ बजे