१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा १ सय ४६ कोरोनाका ‘एक्टिभ केस’ मध्ये ९८ जनामा लक्षण छ, ८ को अवस्था गम्भीर



मायादेवी अनलाइन, चार नम्बर ।
सोमबार दुई जना संक्रमित थपिएसंगै कपिलवस्तुमा कोरोनाका विरामी १ सय ४६ पुगेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालयका एक जना प्रहरी जवान र तौलिहवाका एक सर्वसाधारणमा कोरोना पुष्टि भएको हो ।

हाल जिल्लामा रहेका संक्रमित मध्ये ९८ जनामा कुनै न कुनै कोरोनाको लक्षण देखिएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार ८ जना संक्रमित गम्भीर विरामी छन् । उनीहरुको बुटवलस्थित अस्पतालमा उपचार भैरहेको छ । अरु संक्रमित घरकै आइसोलेसनमा छन् भने कतिपय तौलिहवा र कृष्णनगरमा निर्माण भएका आइसोलेसनमा छन् ।

साउन महिना यता जिल्ला भित्र समुदाय तहका मानिसमा पनि कोरोना देखिएको हो ।

यो पनि पढ्नुहोस् शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछिको त्रासः कपिलवस्तुमा बैकल्पिक शिक्षण सिकाई पूर्णतया बन्द

विगतमा भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिमा कोरोना संक्रमण हुने गरेपनि पछिल्लो समय समुदायमा देखिन थालेको छ । बैशाख २५ गते देखि जिल्लामा संक्रमित भेटिन थालेका थिए । अहिलेसम्म संक्रमित ९ सय ४७ जना पुगेका छन् । जसमा १ सय ४६ जना ‘एक्टिभ केस’ छन् ।

जेष्ठ अन्तिम हप्ता देखि जिल्लामा लकडाउन खुकुलो भएपछि जिल्लामा कोरोना फैलिएको स्वास्थ्यकर्मीको आशंका छ । चैत्र ११ देखि मध्य जेष्ठसम्म कडा लकडाउन झेलेका जिल्लाबासी असार लागेसंगै स्वतन्त्र पूर्वक हिडडुल गर्न थालेका थिए । यो बेला प्रशासनले लकडाउनलाई केही खुकुलो बनाएको थियो ।

यो पनि पढ्नुहोस् सिडिओलाई प्रश्नः अब लकडाउन किन भनि राख्नु पर्‍यो ?

सरकारले कोरोनाबाट बच्नका लागि सेनिटाइजरको प्रयोग, साबुनपानीले हातधुने र माक्स अनिवार्य लगाउने जस्ता क्रियाकलाप गर्न आग्रह गरेपनि अधिकाशंले त्यसको उल्लङ्घन गरेको पाइएको थियो । सोही कारण जिल्लामा कोरोनाको स्थिति समुदायतहमा फैलिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस् कपिलवस्तुमा यसरी पुग्यो समुदायस्तरमा कोरोनाः यस्ता छन् ६ कारण

अहिले जसरी कोरोना संक्रमित भेटिएका छन्, ती सबै बजार क्षेत्रका बढी रहेका छन् । जुन ठाउँ लकडाउन खुकुलो भएसंगै अत्याधिक भिडभाड हुने गरेको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्ला सदरमुकाम तौलिहवा, व्यापारीक केन्द्र कृष्णनगर, बहादुरगञ्ज, पकडी, लवनी लगायतका बजारमा बढी संक्रमित भेटिएका छन् ।

कोरोना समुदायतहमा पुग्नु र संक्रमितलाई कुनै न कुनै लक्षण देखिनुले जिल्ला इपिसेन्टर बन्ने खतरा छ । दुई जनाको मृत्यु समेत भैसकेको जिल्लामा जारी लकडाउनको पालना अनिवार्य गर्नुपर्ने देखिएको छ । लकडाउन उल्लङ्घन गरे कोरोनाको खतरा अझै बढ्ने स्वास्थ्यकर्मी बताउँछन ।

मायादेवीले यसरी गरेको थियो खबरदारी

लकडाउनको बेला चारनम्बर चोकमा तामझाम, दर्जनौं बृद्धबृद्धा एक ठाम !

बाणगंगाको गजेहडामा लक डाउनको ठाडै उल्लङ्घन, किन भयो यसरी सयौँको भीँड ? (भिडिओ)

किन हुँदैन कपिलवस्तुमा लकडाउनको पालना ? वाणिज्य बैंक चारनम्बर अगाडि यो जात्रा ! (भिडियोसहित)

तौलिहवास्थित सिडियो कार्यालय आसपासको यो ‘लकडाउन’ ! (भिडिओसहित)

र, यो पनि… कपिलवस्तुका सिडियो भन्छनः लकडाउन खुकुलो भएकै छैन, कस्ले गलत बुझ्यो ?

कपिलवस्तुका एसपी अधिकारीको प्रश्नः प्रहरीलाई देखेपछि मात्र मास्क लगाउने हो र ? (अन्तर्वार्ता)

प्रकाशित मिति : १ भाद्र २०७७ सोमबार ००:००  ४ : ३६ बजे