१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

चितवनमा निषेधाज्ञा लागू गर्ने क्रममा हवाई फायर



बुटवल ।

चितवनको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । निषेधाज्ञाको समयमा भीडभाड गरेको र स्थानीय २ पक्षबीच झडप हुने अवस्था आएपछि प्रहरीले १ राउण्ड हवाई फायर गरेको हो ।

पूर्वीचितवनको राप्ति नगरपालिका १ पिप्लेमा हवाई फायर भएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पुष्टि गरे ।

अहिले अवस्था सामान्य बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सो ठाउँमा नेपाल आर्मी, सशस्त्र प्रहरी पनि परिचालित भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७७ सोमबार ००:००  ३ : ३८ बजे