१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एपीएफका एक फुटबलरमा कोरोना पुष्टि



काठमाडौं ।

विभागीय टिम शसस्त्र प्रहरी बल एपीएफका एक फुटबलमा कोरोना पुष्टि भएको छ । गत बर्ष एपीएफबाट शीर्ष डिभिजनको लिग खेलेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

उनी कोरोनोको संक्रमण सुरु भएसंगै सर्लाहीको सिमा क्षेत्रमा ड्युटीमा गएका थिए । उनी केही दिन अघिमात्र काठमाडौं फर्किएका थिए । तराईबाट फर्किएका उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

विभागीय टिमले कोरोनाको प्रकोप बढ्दै गएपछि विभिन्न खेलमा आबद्ध खेलाडीलाई ड्युटीमा खटाएको थियो । ड्युटीको सिलसिलामा जिल्ला बाहिर गएका खेलाडी धमाधम काठमाडौं आउन थालेका छन् । धेरै खेलाडी बिरामी अवस्थामा छन् ।

शरिरिक रुपमा अस्वस्थ रहेका खेलाडीको तत्काल कोरोना परिक्षण हुन सकेको छैन । समयमै परिक्षण नहुँदा विभागीय टिमका खेलाडी क्रसित अवस्थामा विभागका एक अधिकारीले खेलपाटीलाई जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७७ सोमबार ००:००  १ : ४४ बजे