१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो



नयाँ दिल्ली ।

महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा मृत्यु हुनेको संख्या ५० हजार ९२१ पुगेको हो।

गत २४ घण्टामा ९४१ जनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै गत २४ घण्टामा करिब ५८ हजार नयाँ संक्रमित थपिएका छन्।

यससँगै सबभन्दा बढी संक्रमित हुने मुलुकको तेस्रो स्थानमा रहेको भारतमा संक्रमित संख्या २६ लाख ४७ हजार ६६३ पुगेको छ। जसमध्ये १९ लाख १९ हजार ८४२ निको भएका छन्।

भारतमा अहिले ६ लाख ७६ हजार ९०० सक्रिय संक्रमित रहेका छन्। नेपालसँग सीमा नाका जोडिएको बिहार राज्यमा १ लाख ३ हजार ८४४ संक्रमित रहेका छन्। जसमध्ये ७२ हजार ३२४ निको भइसकेका छन् भने ४६१ ले ज्यान गुमाएका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर २ करोड १६ लाख ७२ हजार बढी संक्रमित भइसकेका छन्। जसमध्ये १ करोड ३६ लाख ७६ हजार ८६८ निको भएका छन् भने ७ लाख ७५ हजार २४६ को ज्यान गएको छ।

प्रकाशित मिति : १ भाद्र २०७७ सोमबार ००:००  १२ : ४२ बजे