मायादेवी अनलाइन, चार नम्बर ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणमा आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गर्दै आएको कपिलवस्तु उद्योग वाणिज्य संघले स्वाब संकलनमा सक्रियता देखिएको छ ।
आइतबार संघकै सक्रियतामा वाणगंगा नगरका विभिन्न ब्यक्तिहरुको स्वाब संकलन गरिएको हो । नगरपालिका भित्रका ७५ ब्यापारीसहित ९९ जनाको स्वाब संकलन गरिएको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा समुदाय तहमै कोरोना देखिएपछि संघले यस क्षेत्रमा बढी भीडभाड हुने पसलका ब्यापारी, उद्योगी, ब्यवसायीहरुको स्वाब संकलन गरेको हो । आफ्नै लगानीमा स्वाब संकलन गरिएकोसंघका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
नगरभित्र रहेका उद्योगी ब्यापारीहरुको लागि किट खरिद गरिएको संघका महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । आगामी दिनमा पनि संघले विभिन्न कोभिड-१९ सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने महासचिव अधिकारीले बताउनुभयो ।
यस अघि पनि उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न स्थानमा पुगेर सचेतना गराउँदै आएको छ । साथै सडकमा मास्क नलगाइ हिड्नेलाई मास्क प्रदान गर्नुका साथै सम्झाई बुझाई गरि सचेत गराएको छ ।
जिल्लामा अहिले समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ भने जिल्ला प्रशासन कार्यलयले भदौ ७ गते सम्म निषेधाज्ञा जारी गरेको छ । जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गैसकेको छ ।
प्रतिक्रिया