१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा पुनः भदौ ७ गतेसम्म निषेधाज्ञा जारी, के बन्द हुने के खुल्ने ?



मायादेवी अनलाइन, चार नम्बर ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भदौ १ गते देखि ७ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । आइतबार जिल्ला प्रशासनमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले भदौ ७ सम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्लामा गत साउन २७ गतेदेखि आइतबार (आज) राति १२ बजेसम्म लकडाउन कायम छ । अहिले गरिएको लकडाउनमा प्रशासनले निषेधाज्ञा शब्द उल्लेख नगरेपनि सोमबार भदौ २ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा गरिएको उल्लेख गरेको छ । सामान्य भाषामा निषेधाज्ञाको अर्थ कर्फ्यू भन्ने बुझिन्छ ।

पछिल्लो समय जिल्लामा कोरोनाको संक्रमण भयावह हुन थालेको छ । यो बीचको एक हप्तामा दुई जना संक्रमितको निधननै भैसकेको छ । यस्तो परिस्थितिमा रोक निवारणको एक मात्र उपाए कडा लकडाउन भएकाले जिल्ला प्रशासनले पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो ।

लकडाउनमा के खुल्छन्, के बन्द हुन्छन् ?

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम आइतबार राति १२ बजेदेखि साउन ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा निषेधाज्ञा जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द हुने छन् । जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द हुनेछन् भने नीजि सवारी साधन चल्न पाउने छैनन् ।

यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले फेरि पनि स्पष्ट पारेको छ ।
जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द नै हुनेछन् ।

दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन भने जिल्लामा सञ्चालन हुन पाउनेछन् । तर, राजमार्ग भएर गुड्ने सवारी साधनहरुमा पूर्णरुपमा रोक नलागे पनि जिल्ला भित्र ओरार्न र चढाउन पाइने छैन् ।

अत्यावश्कीय खाद्यान्न तथा तरकारी किनमेलका लागि दैनिक विहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ ।

यो पनि पढ्नुहोस् कपिलवस्तुमा भदौ ७ गतेसम्म लकडाउन थपियो

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ३ : ३८ बजे