मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा भदौ ७ गतेसम्म नै लकडाउन थपिएको छ । गत साउन २७ गते जिल्लामा जारी गरिएको लकडाउनको समयावधि आइतबार (आज) राति १२ बजे सकिन लागेको बेला दिउँसो नै लकडाउनको अवधि थपिएको हो ।
यो पनि पढ्नुहोस् कपिलवस्तुमा पुनः भदौ ७ गतेसम्म निषेधाज्ञा जारी, के बन्द हुने के खुल्ने ?
जिल्ला प्रशासनमा बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिको बैठकले कोरोनाको जोखिम जिल्लामा उच्च रहेको ठहर गर्दै भदौ १ गते देखि ७ गतेसम्म नै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
प्रशासनले आइतबार दोस्रो पटक जारी गरेको लकडाउन सूचनामा केही फेरबदल भएको छैन् भने हालकै अवस्थामा जिल्लामा लकडाउन कायम हुने छ ।
जिल्लाभित्र समुदायतहमा पनि कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि गत चैत्र ११ गतेकै लकडाउन कपिलवस्तुमा जारी गरिएको थियो ।
यो पनि पढ्नुहोस् कपिलवस्तुमा चैत्र ११ कै लकडाउनः सबै पसल बन्द, निजी सवारी सञ्चालनमा निषेध !
गत साउन २७ गते प्रशासनले निषेधाज्ञाको भाषा उल्लेख नगरेपनि यसपालि निषेधाज्ञा शब्द उल्लेख गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३), र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिनुभयो ।
कसैले निषेधाज्ञाको उल्लङ्घन गरे कानुन अनुसार कारबाही हुने पनि प्रशासनले स्पष्ट पारेको छ ।
र, यो पनि… कपिलवस्तुमा थप एक हप्ता लकडाउन थपिदैं, आइतबार औपचारिक निर्णय हुने
प्रतिक्रिया