१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कर्मचारीमा कोरोना देखिएपछि बुटवल उपमहानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द



बुटवल ।
बुटवल उपमहानगरपालिकाका चारजना कर्मचारीमा कोारेना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरेको छ ।

आइतबार नगरपालिकाका तीनजना अधिकृत तहका कर्मचारीमा र शनिबार एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार उपमहानगरका लेखा अधिकृतमा र आइतबार प्रशासन तथा सामाजिक विकास शाखाका अधिकृत र अन्य एकजना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाइ बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  १ : ४९ बजे