काठमाडौं ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद टुंग्याउनका लागि कार्यदल गठन हुनु सकारात्मक भएको बताएका छन्।
प्रवक्ता श्रेष्ठले कार्यदलले काम थालिसकेकाले त्यसबारेमा टिप्पणी गर्न जरुरी नरहेको समेत बताए। गृहकार्य गरेर सुझाव दिनका लगि कार्यदल बनाउनु राम्रो कुरा हो श्रेष्ठले भने।
श्रेष्ठले सोमबार सचिवालय बैठक बस्ने संभावना रहेको समेत बताए। शुक्रबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेको थियो।
प्रतिक्रिया