१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विप्लव नेकपाका जिल्ला सदस्य पक्राउ



डोटी ।

नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उहाँलाई बडिकेदार गाउँपालिका–१ बिपिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख जनकराज पाण्डेले बताए ।

उनले भने, बोहरालाई एनसेल टावरमा आगजनि र क्षति लगायतका गतिबिधि गरेको भन्ने उजुरीका आधारमा हामीले खोजी गरिरहेका थियौँ, बिपिनगरमा फेला परेपछि आवश्यक अनुसन्धानका लागि पक्राउ गरेका हौँ । 

पक्राउ परेका बोहरासँग एनसेलमा गरिएको क्षतिलगायत अन्य गतिविधिका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  १२ : २४ बजे