नेपालगन्ज ।
केही दिनयता कोहलपुरमा कोरोना संक्रमण बढ्दै गएपछि बाँकेको कोहलपुर नगरपालिका पूर्ण रुपमा लकडाउन गरिएको छ ।
कोहलपुर नगरपालिकामा आइतबारदेखि भदौ ५ गतेसम्म लकडाउन गरिएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले बताए ।
शनिबार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउनको निर्णय गरेको हो ।
नगरपालिकास्थित सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ ।
जनस्वास्थ्य अधिकृत डिल्लीराज पोख्रलका अनुसार कोहलपुरमा अहिलेसम्म ५६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा २२ जना उपचार गरेर घर फर्किएका छन् । एक जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया