१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना कहरः भारतमा ज्यान गुमाउनेको सङ्ख्या ५० हजार नाघ्यो



काठमाण्डौ ।

भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० हजार नाघेको छ । गएको २४ घण्टामा ९ सय ५० जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ९९ पुगेको वल्ड्रोमिटरले जनाएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म ४९ हजार ९ सय ८० जनाको मात्रै ज्यान गएको पुष्टि गरेको छ ।

वल्ड्रोमिटरका अनुसार आज यो खबर तयार पार्दासम्म १५ जनाको ज्यान गइसकेको छ भने एक हजार २ सय ९३ जना नयाँ बिरामी थपिएका छन् ।

यस्तै सङ्क्रमित धेरै भएका देशको सूचीमा तेस्रो स्थानमा रहेको भारतमा सङ्क्रमितको सङ्ख्या २५ लाख ९० हजार नाघेको छ ।

१८ लाख ६२ हजार भने उपचारपछि निको भएका छन् । अहिले विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड १६ लाख छ ।

जसमध्ये १ करोड ४३ लाख उपचारपछि निको भएका छन् । ७ लाख ६८ हजारको भने ज्यान गएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  १२ : १३ बजे