१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विश्वमा कोरोनाः संक्रमितको संख्याले २ करोड १६ लाख नाघ्यो



एजेन्सी ।
विश्वभर कोरोना भाइरसले एकैदिन २ लाख ४८ हजारभन्दा बढी संक्रमित भएका छन् । साढे सात महिनादेखि फैलिएको संक्रमणबाट यो समाचार तयार पार्दासम्म २ करोड १६ लाख ३५९ मानिस संक्रमित भएका छन् । यसमध्ये २ लाख ४८ हजार ८१७ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

यस्तै एकै दिन थप ५ हजार १५२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ६०३ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४३ लाख २१ हजार ८४४ जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६.३० प्रतिशत हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २ हजार ९२७ जनाको मृत्यु भएको छ । ३१ लाख ४८ हजार १९४ जना संक्रमित भएकोमा १९ लाख ३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४६ हजार ६९० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६५ लाख १९ हजार ५२८ पुगेको छ । त्यसमध्ये ३५ लाख ५५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख १८ हजार ६६१ जनाको मृत्यु भएको छ । ५५ लाख ७७ हजार ५२२ जना संक्रमित भएकोमा ४२ लाख ७० हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७४ हजार ५२८ जनाको मृत्यु भएको छ । ५२ लाख १६ हजार ५३० जना संक्रमित भएकोमा ३७ लाख ४८ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ३७७ जनाको ज्यान गएको छ भने ११ लाख १२ हजार ७३२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख २७ हजार ९८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४०५ जनाको मृत्यु भएको छ । २५ हजार १३२ जना संक्रमित भएकोमा १५ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  ७ : ४९ बजे