मायादेवी अनलाइन, चारनम्बर ।
गत साउन २७ गतेदेखि कपिलवस्तुमा जारी गरिएको लकडाउनको समय आइतबार राति १२ बजे सकिदै छ । यद्यपि जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जादा संक्रमण भयावह बन्न सक्ने भन्दै लकडाउनलाई थप गर्न लागिएको छ ।
सोही परिस्थितिलाई मध्यनगर गरी जिल्लामा थप एक हप्ता लकडाउन हुने पक्कापक्की भएको छ । आज दिउँसो प्रशासनमा यस विषयमा निर्णय लिनका लागि जिल्ला कोभिड नियन्त्रण समितिको बैठक बस्न लागेको छ । साँझसम्ममा लकडाउन थपबारे निर्णय आउने प्रशासन स्रोतले जनाएको छ ।
जिल्लामा लकडाउन जारी भए यता जिल्ला ठप्प छ । अत्यावश्यकीय सेवा प्रदान गर्ने पसल, व्यवसाय बाहेक अरु ठप्प छन् । एक हप्ताको लकडाउनले जनजीवन प्रभावित बनेको छ ।
जिल्लामा शनिबार थप एक जनाको कोरोनाका कारण ज्यान गएपछि मृतकको संख्या जिल्लामा दुई पुगेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार पुग्न लागेको छ ।
प्रतिक्रिया