मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा लकडाउन पुनः थप हुने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन थपिदैँ जादा संक्रमण भयावह बन्न सक्ने भन्दै लकडाउनलाई थप गर्न लागिएको हो । गत साउन २७ गते देखि जिल्लामा ३२ साउनको राति १२ बजेसम्मका लागि लकडाउन जारी गरिएको थियो ।
थप पढ्नुहोस् कपिलवस्तुमा चैत्र ११ कै लकडाउनः सबै पसल बन्द, निजी सवारी सञ्चालनमा निषेध !
आइतबार लकडाउनको समय सकिदै छ । यद्यपि आइतबार दिउँसो नै प्रशासनले थप एक हप्ता लकडाउन थप्ने गृहकार्य अगाडी बढाएको जनाइएको छ ।
‘भोलि जिल्लामा थप एक हप्ता लकडाउन थप्ने निर्णय हुँदै छ प्रशासन स्रोतले मायादेवी अनलाइनलाई भन्यो, कोरोनाको स्थिति जिल्लामा डरलाग्दो हुँन थालेकाले यस्तो निर्णय लिन थालिएको हो ।’
जिल्लामा लकडाउन जारी भए यता जिल्ला ठप्प छ । अत्यावश्यकीय सेवा प्रदान गर्ने पसल, व्यवसाय बाहेक अरु ठप्प छन् । एक हप्ताको लकडाउनले जनजीवन प्रभावित बनेको छ ।
जिल्लामा शनिबार थप एक जनाको कोरोनाका कारण ज्यान गएपछि मृतकको संख्या जिल्लामा दुई पुगेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार पुग्न लागेको छ ।
प्रतिक्रिया