मायादेवी अनलाइन, तौलिहवा ।
समुदायतहमा कोरोनाको केन्द्र बन्न लागेको कपिलवस्तु सदरमुकाम तौलिहवामा शनिबार थप ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार तौलिहवाबाट लिइएको स्वाब मध्ये ५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा शिक्षक, एनजिओकर्मी र विद्यार्थी रहेको जनाइएको छ ।
अहिले स्वास्थ्य कार्यालयले संक्रमितको ट्राभल हिस्ट्रि पत्ता लगाउने काम गरिरहेको छ ।
शनिबार नै जिल्लाको दक्षिणी भेगमा रहेको मायादेवी गाउँपालिकाका एक जना पुरुषको कोरोनाको कारण निधन भएको छ भने वाणगंगा नगरपालिकाकी एक महिलालाई बुटवल उपचारको क्रममा गरिएको स्वाब परिक्षणमा कोरोना देखिएको छ ।
थप पढ्नुहोस समाचार कपिलवस्तुका अर्का कोरोना संक्रमितको निधन
प्रतिक्रिया