मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि समुदायस्तरमा कोरोना देखिएको छ । नगरपालिकाको वडा नं. ८ मा कोरोना देखिएको हो ।
सोही वडाकी मधुवन गाउँकी एक महिलामा कोरोना पुष्टि भएको वाणगंगाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो ।
विरामी भएर बुटवल उपचारको क्रममा गएको बेला उनमा कोरोना देखिएको हो । बुटवलमा भएको नमुवा परिक्षणमा उनमा कोरोना देखिएको जनाइएको छ ।
उनी अहिले विरामी छिन् । महिलामा लक्षणसहितको कोरोना देखिएपछि उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार भैरहेको स्रोतले जनाएको छ ।
समुदायकी महिलामा कोरोना देखिएपछि उनको सम्पर्कका रहेका परिवार र छरछिमेकको आइतबार वाणगंगाले नमुना स्वाब संकलनको तयारी गरेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो ।
वाणगंगामा समुदायस्तरमा कोरोना देखिएको यो नै पहिलो घटना हो । यद्यपि जिल्लाको सदरमुकाम तौलिहवा लगायतको स्थानमा समुदाय तहमा कोरोना देखिसकेको छ ।
शनिबार नै जिल्लाको दक्षिणी भेगमा रहेको मायादेवी गाउँपालिकाका एक जना पुरुषको कोरोनाको कारण निधन भएको छ भने कोरोनाको केन्द्र बनेको तौलिहवामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित सबै समुदायस्तरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यी समाचार पढ्नुहोस् कपिलवस्तुका अर्का कोरोना संक्रमितको निधन
प्रतिक्रिया