नेपालगन्ज ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेमा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँकेका १० जना बर्दियामा २ जना र दाङका एक जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेका १० जनामा नेपालगन्जका ९ जना र ठेगाना नखुलाइएका एक जना रहेका छन् । ४ सय ७० जनाको नमुना परीक्षण गर्दा १३ जना संक्रमित देखिएका हुन् । बाँकेमा दैनिक रुपमा कोरोना संक्रमित फेला परिरहेका छन् ।
शुक्रबारमात्र ११ जनामा कोरोना देखिएको थियो भने बिहीबार २२ जना कोरोना संक्रमित थपिएका थिए । यो सँगै बाँकेमा संक्रमितको संख्या ७ सय १० पुगेको छ ।
प्रतिक्रिया