काठमाडौं ।
नेपाल विद्यार्थी संघले देशभरका क्याम्पसमा तालाबन्दी गरेको छ । आफ्ना नेताहरुलाई झुट्टा मुद्धा लगाएर प्रहरी हिरासतमा राखेको र बिनासर्त रिहा गर्नुपर्ने माग गर्दै काठमाडौं उपत्यका लगाएत देशभरका क्याम्पसमा तालाबन्दी गरेको हो ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार सरकारले विद्यार्थीलाई झुट्टा मुद्धा लगाएर फसाउन खोजेकोले त्यसको विरोधमा क्याम्पस इकाइहरुले तालाबन्दी गरेको बताए ।
काठमाडौं र विरगञ्जमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरु तत्काल रिहा गर्न र झुट्टा मुद्धा खारेज गर्न माग गरेका छन् । केहि दिन अघि त्रिवि परिषर किर्तिपुरमा प्रदर्शन गर्दा नेविसंघका नेता पक्राउ गरेका थिए ।
किर्तिपुरमा पक्राउ परेका ९ र विरगञ्जमा एक गरी १० जनालाई अभद्र व्यवहारको आरोपमा मुद्धा दायर गरेको महामन्त्री तिमिल्सिनाले बताए । उनका अनुसार उपत्यकाका अधिकांस क्याम्पसमा शुक्रबार तालाबन्दी भएको र बाँकी रहेका उपत्यका तथा बाहिरका जिल्लाका क्याम्पसमा आइतबार तालाबन्दी गर्ने बताए ।
नेविसंघले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबण्डा बन्द गर्न र पोखरा लगाएतका विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।
प्रतिक्रिया