१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोनवार्ता



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई शुभकामना दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको बताए। करिब १० मिनेट कुराकानी भएको र भेटवार्तामा भएका कुराबारे परराष्ट्र मन्त्रालयले जानकारी दिने बताइएको छ।

‘प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ। अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउनेछ,’ थापाले भने।

नेपालले लिम्पियाधुरासहितका भूमि समावेश गरेर नक्सा जारी र निशान छापमा समेत राखेपछि ओली (मोदी कुराकानी भएको थिएन। नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरेर भारतले राजनीतिक नक्सा छापेको थियो भने ती भूमि भएर सडकमार्गसमेत खोलेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  २ : २७ बजे