थानेश्वर अधिकारी, चारनम्बर ।
युवाहरुको छाता संगठन नेपाल युवा संस्था संञ्जाल (आयोन) को आयोजनामा शनिबार प्रदेश तहमा युवा सहभागीता बिषय प्रदेश स्तरिय भर्चुअल संवाद सम्पन्न भएको छ ।
युएसएआईडी, आइएफइएसको सहयोग तथा नेपाल युवा संस्था सञ्जाल (आयोन) को आयोजनामा र सामाजिक परिवर्तनका लागि युवा अभियान कपिलवस्तुको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो ।
यस बर्षको अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा स्थानीय तथा प्रदेश तहमा युवाको सहभागीताको अवस्था, युवामैत्री बजेट, राज्यका हरेक निकायमा युवाको अर्थपूर्ण र सार्थक सहभागीताको अवस्था, युवा स्वरोजगार, युवा उद्यमशिलता र प्राथमिकताका बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोम नारायण पौडेलले युवा भविश्यका कर्णदार मात्र नभई बर्तमानका साझेदार पनी भएकाले राज्यले निति निर्माण र निर्णायक तहमा युवाहरुलाई अर्थपूर्ण सहभागीता गराउनु पर्नेमा जोड दिनु भएको छ ।
बाणगंगा नगरकार्यपालिका सदस्य गीता भुसालले वडा तथा वाणगंगा नगरपालिकाले संचालन गरेको युवा लक्षित कार्यक्रमबारे जानकारी गराउनु भएको छ ।
युवा नेता बाबुराम अर्यालले युवाहरु देश विकासको मेरुदण्ड भएको र देशको विकासको आमुल परिवर्तनका लागि युवाहरुको सम्मानजनक सहभागीता आवश्यक रहेको बताउनु भएको छ ।
कार्यक्रममा अथिति बक्ताका रुपमा प्रदेश नं ५ का प्रदेश सभा सदस्य बिष्णु पंथी, मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेल, बाणगंगा नगरकार्यपालिका सदस्य गीता भुसाल र युवा नेता बाबुराम अर्यालले सहभागीबाट आएका सवाल तथा जिज्ञासाका बारेमा प्रस्ट पार्नु भएको थियो ।
युवा अभियान्ता दीपा महतले गर्नु भएको सो कार्यक्रममा पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देहीका युवाहरुको सहभागिता रहेको थियो ।
यसै गरि आयोनले यस अघि पनी बिभिन्न क्षेत्रका युवाहरु, स्थानिय तह र प्रदेशसभा सदस्यहरुसँग फरक फरक बिषयबस्तुमा केन्द्रित रही बहस तथा छलफल कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया