मायादेवी अनलाइन, चार नम्बर ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले यतिबेला विश्वनै आक्रान्त बनिरेहको छ । नेपालमा पनि तीव्र रुपमा कोरोना फैलिएको छ ।
कोरोना नियन्त्रणमा लिन भन्दै यतिबेला विभिन्न जिल्लामा लकडाउन गरिएको छ । यस्तै कोरोनाको जोखिममा रहेको कपिलवस्तु जिल्लामा पनि संक्रमितहरु दिनप्रतिदिन बढीरहेका छन् ।
समुदायमै कोरोना फैलिएपछि कपिलवस्तुमा यहि साउन ३२ गते सम्म लकडाउन जारी छ । यसैबिच कपिलवस्तु उद्योग वाणिज्य संघले भने कोरोनाकै बीचपनि स्थानिय समुदायलाई सचेत बनाउने काम जारी राखेको छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघले यहि साउन २९ गतेबाट जिल्लाका विभिन्न स्थानमा सचेतना स्वरुप मास्क वितरण गर्दै आएको छ । सोही अभियानलाई संघले आज पनि निरन्तरता दिएको हो ।
आज जिल्लाको बुद्धभुमी, शिवराज र कृष्णनगर नगरपालिकाका विभिन्न स्थानमा पुगेर संघले सचेताना संगै मास्क वितरण गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
आज गोरुसिंगे, इमिलिया, चन्द्रौटा, श्री नारायणदलगण गोरुसिंगे र कृष्णनगरका विभिन्न स्थानमा पुगेर मास्क वितरण गर्नुका साथै स्थानियलाई सचेत गराइएको उहाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
सरकारले मास्क लगाउन सवैलाई अनिवार्य गरेतापनि जिल्लाका विभिन्न स्थानहरुमा पुग्दा मास्क नलगाउने सर्वसाधरणहरु भने धेरै भेटिएका छन् ।
कोरानाको रोकथामका लागि मास्क प्रभावकारी हुने भन्दै संघले सचेतना अभियानलाई निरन्तरता दिदै आएको छ । साथै मास्क नलगाई सडकमा हिड्नेलाई मास्क प्रदान गरिएको छ ।
आज संघले संचालन गरेको सचेतना अभियानलाई शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले साथ दिदै नागरिकलाई घरबाट वाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्दै स्वास्थ्य सतर्कता अपनाउनुपर्ने समय आएको बताउनुभयो ।
लकडाउनका कारण सवारी साधन , बजार पूर्ण बन्दभएको छ भने आवात जावत पनि बन्द भएको छ । कपिलवस्तुमा कोरोनासमुदाय स्तरमा फैलिएको छ भने कोरोनाका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया