नवलपरासी ।
पश्चिम नवलपरासीमा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले शुक्रबार एक सूचना जारी गर्दै गएराति १२ बजेदेखि सात दिन अर्थात ६भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
पश्चिम नवलपरासीमा समुदाय स्तरमा संक्रमणको जोखिम बढ्न थालेपछि बसेको जिल्ला सुरक्षा समितिको वैठकले आगामी सात दिनको लागि मानिसहरु जमघट, भेटघाट, कुनै पनि प्रकारको बैठक, समीक्षा गोष्ठी सेमिनार, छलफल, भेलाजस्ता सामुहिक जमघट हुने कार्य नगर्न, नगराउने गरी निषेधाज्ञा जारी गरेको हो ।
त्यसैगरी धार्मिक स्थलहरुमा दैनिक नित्य पुजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने, नगराउने एवम् चाडपर्वहरु आ–आफ्नो घरभित्र रही जनस्वास्थ्यको मापदण्ड पालना गरी मनाउने गरी निषेधाज्ञा जारी गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया