१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पर्सामा कोरोना संक्रमणबाट थप एकको मृत्यु



पर्सा ।
पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । हिजो बेलुकी वीरगञ्ज महानगरपालिका मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च(रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।

योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । यसैबीच नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक सय नाघेको छ । पर्सामा एक जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १ पुगेको हो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण ज्यान गुमाएका वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको बारेमा जानकारी दिन बाँकी छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  १२ : २२ बजे