१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

च्याम्पियन्स लिगः बार्सिलोनाको बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार



एजेन्सी ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार व्यहोरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई÷दुई गोल गर्दै बायर्नलाई जित दिलाए । जितसँगै बायर्नले अन्तिम चारमा स्थान पक्का गर्यो ।

हारसँगै बार्सिलोना युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताबाट बाहिरिएको छ । मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाती गोलसँगै बार्सिलोना खेलमा फर्किएको थियो ।

२८ औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ ले अघि बढाएका थिए । सर्ज ग्रन्बीले २८ औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफको खेल बायर्नको नियन्त्रणमा राखेका थिए ।

दोस्रो हाफमा बायर्न थप आक्रमक बन्यो र ८–२ को जित दिलाउन सफल भयो । बायर्नले अब फाइनल प्रवेशका लागि म्यान्चेष्टर सिटी र लियोनबीचको विजेतासँग खेल्नेछ । खेलमा लज्जास्पद हार व्यहोरेसँगै बार्सिलोनाका प्रशिक्षक क्विक सेटियन एन्टोनी ग्रिजम्यानको पद धरापमा परेका छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  ८ : १० बजे