प्युठान ।
गत शनिबार साइकलसँगै माडी नदीमा खसेर बेपत्ता भएका २ बालक अझै फेला परेका छैनन् । स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ११ वर्षीय सञ्जोक पार्धे र १० वर्षीय विपीन गौतम अझै बेपत्ता छन् ।
माडी नदीमा बाढी बढेका कारण शव फेला पार्न नसकेको प्रहरीले जनाएको छ । खोजी कार्यलाई निरन्तरता दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्रकुमार कार्कीले बताए ।
घर नजिकैको मोटरबाटोमा साइकल चलाउँदै गर्दा खसेका बालकहरुलाई चौतर्फी खोजी गर्दा पनि भेटाउन नसकिएको भन्दै आफन्तहरूले दुस्ख व्यक्त गरेका छन् ।
५ दिनसम्म खोजी कार्य गर्दा शव नभेटिएपछि मृत्यु भएको निश्चित गरि आफन्तले हिन्दु परम्परा अनुसार शुक्रबार कुशको शव बनाएर अन्त्येष्टि गरेको वडाध्यक्ष पदम भट्टराइले जानकारी दिए ।
प्रतिक्रिया