मायोदवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार आज थप २८ जना संक्रमित थपिएका हुन् । यो संगै जिल्लामा संक्रमितको संख्या ९ सय ३५ पुगेको छ ।
यहि साउन २५ गते बुद्धपद्धम मावि देखि संकलन गरिएको २२६ नमुना मध्ये २६ नतिजा पोजेटिभ आएको छ भने १५१ नेगेटिभ आएको छ । यस्तै ५० नतिजा प्रतीक्षामा छ । यस्तै आजै कपिलवस्तु अस्पतालका थप १ जना र शुद्धोधन गाउपालिकाको १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया