काठमाण्डौँ ।
कोरोना भाइरसको संक्रमण र फैलावटबारे विश्व समुदाय लग्भग अनविज्ञ नै छ । यस रोग सर्ने माध्यमबारे पनि अहिलेसम्म फ्याक्ट कुरो आएको छैन । अहिलेसम्म जानेको यही हो कि यो रोग संक्रमित ब्यक्तिको सम्पर्क, उसको खकार, हाछ्यूँ गर्दा आउने छिटा, फलाम, नोट(रुपैयाँ), स्टिल, कपडा, आल्मुनियम आदिको माध्यमबाट अर्को व्यक्तिमा सर्दछ ।
तर यी माध्यममा कोरोना भाइरस कति समयसम्म जीवित रहन सक्छ त्यो भने भन्न सकिने अवस्था छैन । यसमा डाक्टर र वैज्ञानिक पनि अलमलमा छन् । एक अध्ययनका अनुसार कोरोना भाइरस नोट र सर्जिकल मास्कमा लामोसमयसम्म रहन सक्ने देखिएको छ ।
२२ डिग्री तापक्रममा भाइरसको सर्भाइवलबारे गरिएको एक अनुसन्धानका अनुसार काठ र कपडामा २ दिनसम्म भाइरस देखियो। त्यस्तै ग्लास र रुपैयाँको नोटमा ४ दिनसम्म भाइरस देखिएको अध्ययनले बताउँछ ।
सर्जिकल मास्कमा भने ७ दिनसम्म कोरोना भाइरस जिवित रहेको देखिएको छ । एकपटक प्रयोग भएको सो मास्क फेरिफेरि प्रयोग हुने र त्यसमा कोरोना भाइरस परेको खण्डमा झन् जोखिम हुने गरेको अध्ययनले बताएको छ । चिकित्सकका अनुसार सर्जिकल मास्क एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नहुने भाइरोलोजिस्ट डाक्टर लुना भट्ट बताउनु हुन्छ ।
बढी भीँडभाड र अस्पतालमा जाँदा एकपटक प्रयोग भएको मास्क भुलेर पनि अर्को पटक गर्न नहुने उहाँको सुझाव छ । सो मास्कलाई प्रयोग गरिसकेपछि जथाभावि अरुले प्रयोग गरेमा भाइरस रहेछ भने त्यस मास्कले ७ दिनसम्म भाइरस सार्ने उहाँको भनाई छ । त्यही भएर एउटा मास्क धेरै दिन नलगाउन चिकित्सकले सुझाउँछन् ।
डाक्टर भट्ट भन्नुहुन्छ, ‘साबुन पानीले हात धुनु राम्रो हो।नोट र कपडामा भाइरस भए पनि त्यसबाट हाम्रो नाकमा छि¥यो भनेमात्रै भाइरसले आक्रमण गर्ने हो। त्यही कारणले हात धुने र मास्कले नाक मुख छेक्नु पर्छ भनेको हो। आँखामा पनि भाइरसको असर हुन्छ।
भाइरस आँखामा गयो भने संक्रमण हुन्छ, जसले गर्दा आँखा पाक्ने, चिलाउने हुनसक्छ। आँखाबाट श्वासप्रश्वास प्रणालीमा भाइरस गएर कोभिड संक्रमण हुँदैन।’ यता बढी प्रयोग हुने टिस्यु र प्रिन्टिङ पेपरमा कोरोना भाइरस नदेखिएको अध्ययनले बताउँछ ।
प्रतिक्रिया