काठमाण्डौँ ।
प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका उच्च पदका एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
हेटौंडा–४ स्थित श्रमिक माविको आइसोलेसन वार्डबाट बिहीबार उनको स्वाब संकलन गरिएको थियो । आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शुक्रबार किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ पुष्टि भएको हो ।
उनी हाल कार्यालयको निवास प्रयोग नगरिएको एक कोठामा होम आइसोलेसनमा बसिरहेका छन् । कार्यालयका कर्मचारीहरुमा कोरोना भाइरससम्बन्धि लक्षण देखिएमा तत्काल स्वाब संकलन गरिने चौलागाईंले बताउनुभयो ।
२२ बैशाखमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भइ प्रदेश प्रमुखको कार्यालय गएका थिए । त्यसयता कार्यालय र निवासबाहेक अन्यत्र जिल्ला नगएको एक कर्मचारीले जानकारी दिनुभयो । ।
प्रतिक्रिया