१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उद्योग वाणिज्य संघको कोरोना सचेतना मर्यादपुर बर्डरसम्म



मायादेवी अनलाइन, चार नम्बर ।

कोरोना संक्रमण समुदाय तहमा देखिन थालेपछि कपिलवस्तु उद्योग वाणिज्य संघले सचेतना अभियानलाई तिव्रता दिएको छ ।

वाणगंगा नगरपालिकाको चारनम्बरबाट शुरु भएको समुदाय तहको सचेतना नेपाल भारत सिमाक्षेत्र यशोधरा गाउँपालिकाको मर्यादपुर बर्डरसम्म पुगेको छ ।

सरकारले मास्क लगाउन सवैलाई अनिवार्य गरेतापनि जिल्लाका विभिन्न स्थानहरुमा पुग्दा मास्क नलगाउने सर्वसाधरणहरु भने धेरै भेटिएका थिए ।

संघले कोरोनाको संक्रमण रोकथाममा मास्क प्रभावकारी हुने भन्दै पूर्व पश्चिम राजमार्गदेखि सिमाक्षेत्र मर्यादपुर सम्म अभियान संचालन गरेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

संघले सचेतना अभियानलाई निरन्तरता दिदै नगर क्षेत्रका उद्योगी व्यवसायीहरुको पिसिआर परिक्षणका लागि आवश्यक प्रबन्ध गर्ने समेत जनाएको छ ।

कपिलवस्तुको गजेहडा, ओदारी, पचेहरा, जहदी, तौलिहवा हुदै मर्यादपुर सिमा नाका सम्म पुगेर सर्वसाधारणलाई निशुल्क मास्क वितरण गरेको छ ।

संघले संचालन गरेको सचेतना अभियानलाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले साथ दिदै सिमा क्षेत्र सम्म पुगेर नागरिकलाई घरबाट वाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले कपिलवस्तुमा कोरोना संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्दै स्वास्थ्य सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

लकडाउनका कारण कपिलवस्तुका बजार र सिमाक्षेत्र मर्यादपुर बजार समेत पूर्ण बन्दभएको छ भने भारतबाट आवात जावत पनि बन्द छ ।

पछिल्लो समय भारतमा बढ्दो संक्रमणको साथै खुला सिमानाका कारण भारतीय बजारमा आवतजावत गर्दा कोरोना संक्रमण कपिलवस्तुमा फैलिएको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  १ : ४१ बजे