१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सिन्धुपाल्चोकमा ३७ घर पहिरोले बगायो, दुईको शव फेला, ३६ जना बेपत्ता



सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा ३६ जना सम्पर्कविहीन भएका छन् ।

दुई जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार ५ जनालाई भने उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको छ ।

अहिले उद्धार र खोजीको काम चलिरहेको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७७ शुक्रबार ००:००  १ : १५ बजे