काठमाडौं ।
सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको पहिरो पीडित बस्तीमा पुगेका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ को लिदीमा शुक्रबार बिहान भीषण पहिरो गएको थियो। सोही निरीक्षणका लागि सभामुख घटनास्थल पुगेका हुन्।
लिदीको लामा टोलमा बस्ती माथिबाट आएको पहिरोले १३ वटा घर पुरिएका छन् भने दर्जन बढी मानिस बेपत्ता भएका छन्।
गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले बिहान साढे ६ बजेतिर पहिरो गएको जानकारी दिए। पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन्।
लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ। बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ।
प्रतिक्रिया