परासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा–९ का अध्यक्ष कन्हैया थारुको घरबाट उनी चढ्ने सेतो नम्बर प्लेटको मोटरसाइकल राति चोरी भएको छ ।
कार्यालय प्रयोजनको लागि नगरपालिकाले वडा अध्यक्ष थारुलाई दिएको उक्त मोटरसाइकल राति घरको कम्पाउण्डमा राखिएको अवस्थामा चोरी भएको होे ।
नगरपालिकाले सबै वडा अध्यक्षहरुलाई कार्यालय प्रयोजनको लागि सेता प्लेटको मोटरसाइकल उपलब्ध गराएको छ ।
वडा अध्यक्ष थारुले पाएको लु १ ब १९२९ नम्बरको होण्डा साईन सरकारी मोटरसाइकल उनको घरबाट राती चोरी भएपछि खोजी कार्य भैरहेको वडा अध्यक्ष थारुले जानकारी दिए ।
‘‘घरको कम्पाउण्डमा कार, व्यक्तिगत मोटरसाइकल भएपनि चोरले सरकारी मोटरसाइकल नै चोरेर लगेको अध्यक्ष थारुले जानकारी दिए ।
प्रतिक्रिया