९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मकवानपुरमा प्रहरीसहित थप ३७ जनामा कोरोना सङ्क्रमण



मकवानपुर ।

मकवानपुर जिल्लामा बिहीबार एकैदिन अहिलेसम्मकै धेरै ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएकामध्ये अधिकांश हेटौँडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । उपमहानगरपालिका क्षेत्रमा मात्र १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हेटौँडा ९ का सात जना, हेटौँडा ५ का चार जना, हेटौँडा ४ का चार जना, हेटौँडा २ का एक जना, हेटौँडा १० का एक जना र हेटौँडा १३ का एक जना गरी १८ जनामा सङ्क्रमण देखिएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।

त्यसैगरी भीमफेदी गाउँपालिकामा तीन जना, थाहा नगरपालिकामा दुई जना, बकैया गाउँपालिकामा दुई जना, चितवन ठेगाना भएका एक जना, काठमाण्डौ ठेगाना भएका एक जना र १० जना प्रहरी गरी १९ जनामा कोरोना सङ्क्रमण देखिएको चौलागाईंले बताउनुभयो ।

चितवन र काठमाण्डौ घर भए पनि कामको सिलसिलामा मकवानपुरमा बस्दै आएका दुई जनालाई पनि कोरोना सङ्क्रमण भएको हो । मकवानपुरमा अहिलेसम्म एक सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  १ : १७ बजे