९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

समुदायस्तरमा कोरोना फैलिएपछि कपिलवस्तु उद्योग बाणिज्य संघ थपक्क बसेन !



मायादेवी अनलाइन, चार नम्बर ।
कोरोना संक्रमण देखिन थालेदेखि नै कपिलवस्तुमा अभिभावकीय भूमिकामा रहेको कपिलवस्तु उद्योग बाणिज्य संघले फेरि सक्रियता देखाएको छ ।

जिल्लामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि समुदायलाई थप सचेत बनाउन भन्दै उद्योग बाणिज्य संघले विहीबार कार्य क्षेत्र भित्रका बिभिन्न स्थानमा मास्क बाँड्ने काम गरेको हो ।

राज्यले मास्क लगाउन सबैलाई अनिवार्य गरे पनि सर्वसाधारणबाट मास्क नलगाउने प्रचलन बढेको भन्दै सचेतनास्वरुप चोक-चोकमा मास्क बाँडिएको बताइएको छ ।

संघका अध्यक्ष उमानाथ पौडेलको नेतृत्वमा विहान बाणगंगा नगरपालिकाका पिपरा, चार नम्बर, बोडगाउँ, बनगाईलगायतका स्थानमा मास्क नलगाई हिँड्ने सवारी र मानिसलाई रोकेर सम्झाई-बुझाई मास्क प्रदान गरिएको अध्यक्ष पौडेलले बताउनु भयो ।

मास्क प्रयोग सामान्य भए पनि जनताले प्रयोग गर्न अटेरी गरेका कारण सचेतनास्वरुप यसो गरिएको उहाँको भनाई छ । संघले मास्क नलगाई हिँड्नेलाई प्रदान गर्न भन्दै नेपाल र सशष्त्र प्रहरीलाई एकमुस्ट मास्क पनि प्रदान गरेको छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रुक बहादुर भुषाल, महासचिव लक्ष्मण अधिकारी, सल्लाहाकार टोपनारायण बेलबासे, अन्य पदाधिकारी तथा सल्लाहाकार लगायतको सहभागिता थियो । यसअघि पनि कारोना नियन्त्रण गर्न संघले बिभिन्न महत्वपूर्ण काम गरिसकेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  १० : ३९ बजे