दाङ ।
दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । दुर्घटनामा परि एम्बुलेन्स चालक दंगिशरण गाउँपालिका वडा नं. २ निवासी ३४ वर्षीय मिठुकुमार चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ४४ वर्षीय पुष्पा पुन मगरको अवस्था गम्भीर रहेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक चक्रडम्मर पालका अनुसार उनीहरु दुबै जनालाई उपचारका लागि बाँकस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा परि मगरकी छोरी २१ वर्षीया छोरी रोजिना बोहोरा पनि घाइते भएकी छन् । उनका अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।
एम्बुलेन्समा मगरका छोरापनि सवार रहेको भएपनि उनलाई भने चोटपटक नलागेको प्रहरीले बताएको छ । पुष्पाका पति लोकबहादुर पुनलाई रक्तचापको समस्या बढेपछि उपचारका लागि उनीहरू बाँके लगेर गएका थिए ।
उनको मृत्यु भएपछि नेपालगञ्जबाट शव बोकेर तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३४८ नम्वरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित अम्राई खोलामा विहीवार विहान ३ बजेर २० मिनेट जाँदा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो। एम्बुलेन्स झन्डै एकसय मिटर तल खसेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया