एजेन्सी ।
स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ । तर बार्सिलोनाले ती खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।
प्रि–सिजन प्रशिक्षणका लागि रिपोर्टिङ्ग गरेका मध्ये एक खेलाडीमा संक्रमण देखिएको र उनी हाल घरमै क्वारेन्टिनमा रहेको जनाइएको छ ।
संक्रमित खेलाडीको सम्पर्क च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि लिस्बोन गएका खेलाडीहरुसँग नरहेको बार्सिलोनाले स्पष्ट पारेको छ ।
यस्तै बुधबार अर्को ला लिगा क्लब एथ्लेटिको बिल्बाओले प्रि–सिजन प्रशिक्षणमा फर्किएका मध्ये ६ खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ ।
यस्तै भ्यालेन्सियाका दुईजनामा यो हप्ता कोरोना भाइरसको संक्रमण देखियो । च्याम्पियन्स लिगको क्वाटरफाइनल पूर्व भएको परीक्षणमा एथ्लेटिको मड्रिडका दुईजनामा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया