९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको मृत्यु



एजेन्सी ।
भारतीय कांग्रेसका प्रवक्ता राजीव त्यागीको बुधबार हृदयघातले मृत्यु भएको छ । भारतीय कांग्रेसले ट्वीटरमार्फत उनको मृत्युको पुष्टि गरेको छ । कांग्रेसका महासचिव प्रियंका गान्धीले राजीवको असामयिक निधनले पार्टीलाई अपुरणीय क्षति भएको बताएकी छन् ।

गाजियावादमा निधन हुनु २ घण्टाअघि उनी आज तकको लाइभ अन्तरवार्तामा सहभागी भएका थिए ।

राहुल गान्धी पार्टी अध्यक्ष हुँदा सन् २०१८ डिसेम्बर ३१ मा १० नयाँ प्रवक्ता नियुक्त गर्दा राजीव त्यागी पनि प्रवक्ता भएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७ बिहिबार ००:००  ७ : ४९ बजे